२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

'हुन्डाई फेस्टिभ डिलाइट' अफरको बम्पर विजेताको नाम घोषणा

images

  • २०८१ असार ३१, सोमबार
  • 631
    SHARES
  • 'हुन्डाई फेस्टिभ डिलाइट' अफरको बम्पर विजेताको नाम घोषणा

    काठमाडौँ : हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारको उपलक्ष्यमा याएको हुन्डाई फेस्टिभ डिलाइट २०८१ अफरको बम्पर विजेताको नाम लक्की ड्रमार्फत् घोषणा गरेको छ ।

    सो अफर अन्तर्गत सुनसरीका इन्द्रप्रसाद गुरागाईं (कुपन नम्बर थ३, अलायन्स मोटर्स प्रालि, हुन्डाई बिर्तामोडका ग्राहक)ले हुन्डाई एक्स्टर जितेका छन् ।

    सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, यसैगरी स्क्रयाच कार्डमार्फत् थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्रमार्फत् एक जना विजेतालाई हुन्डाई एक्स्टर जित्ने मौका थियो ।

    हुन्डाई फेस्टिभ डिलाइट २०८१ अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्रमार्फत् सोमबार ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहेकी थिइन् ।

    लक्ष्मी इन्टर कन्टिनेन्टलले ग्राहकवर्गका निम्ति समय सुहाउँदा विभिन्न नौला योजनाहरू ल्याउने गरेको छ र हुन्डाई फेस्टिभ डिलाइट २०८१ योजनामार्फत् पनि ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ