२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो

images

  • २०८१ साउन ६, आइतबार
  • 1.3K
    SHARES
  • ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो

    पाटन : ललितपुर महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजबाट सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

    ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

    “विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । थन्क्याएर राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउने साथ झिक्यौँ । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ”, प्रमुख महर्जनले भन्नुभयो । पुरानो ऐतिहासिक दमकलको चक्काहरु कहिले पनि पञ्चड नहुने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उहाँले जानकारी गराउनुभयो । 

    डेनिस फायर इन्जिनलाई दक्ष मेकानिक्स मध्येका एक मोहनप्रसाद नकर्मीले सफलतापूर्वक मर्मत गर्नुभएको हो।  उहाँले यसलाई १० महिना लगाए मर्मत गर्नुभएको जानकारी गराइएको छ । ललितपुर महानगरपालिकाका १०६ बर्ष पुरानो दमकललाई मर्मतपछि सञ्चालनमा आएको दमकललाई तीन सय लिटर पानी भरेर आजबाट उपत्यकाको तीनवटै जिल्लाका सहर घुमाइएको महानगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी गराउनुभयो ।

    यो दमकल बेलायतले उपहार दिएकामध्येकै हो । त्यतिबेला बेलायतले तीन वटा दमकल नेपाललाई दिएको थियो । डेनिस कम्पनीको सो दमकल अब नियमित प्रयोगमा आउने छ । योसँगै महानगरमा दमकलको सङ्ख्या सात  पुगेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ