२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

images

  • २०८१ साउन ११, शुक्रबार
  • 736
    SHARES
  • कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

    काठमाडौँ : गएराति वीर अस्पतालमा उपचारको क्रममा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिनुभयो ।

    उनी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित थिए । दुवै मिर्गौला फेल भएपछि उनी केही समययता डायलासिस गराउँदै आइरहेकोमा स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना भएका थिए ।

    मिर्गौलामा समस्या आएपछि उहाँलाई २ साउन २ मा वीरमा भर्ना भएका थिए । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै मेयरले सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए ।

    अधिकृत ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । साथै,उनकाे पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर  श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिनुभयो।

    #कीर्तिपुर नगरपालिका

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ