काठमाडौँ : वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ पुनः सञ्चालनमा आएको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खसेपछि सो सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पहिरो पन्छाएपछि उक्त सडकमा यातायात पुनः सञ्चालन गरिएको हो।
यससँगै हेटौँडाबाट काठमाडौँ जोड्ने विभिन्न मार्गहरू त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, र पूर्वपश्चिम राजमार्गमा पनि यातायात सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ।



