२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चितवनमा काडा अटो एक्सपो २०८१ आयोजना, सवारी साधन अवलोकन र छुट सुविधा उपलब्ध

images

  • २०८१ असोज १४, सोमबार
  • 586
    SHARES
  • चितवनमा काडा अटो एक्सपो २०८१ आयोजना, सवारी साधन अवलोकन र छुट सुविधा उपलब्ध

    काठमाडौँ : चितवनमा चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा) ले आयोजना गर्ने "काडा अटो एक्सपो २०८१" असोज १६ देखि १९ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा हुने भएको छ। यो एक्सपोको मुख्य उद्देश्य अटोमोबाइल व्यवसायको प्रवर्द्धन र व्यवस्थापन गर्नु हो। यस अवसरमा २१ वटा ब्रान्डका कार, जीप, मोटरसाइकल र स्कुटरहरू प्रदर्शन गरिनेछ।

    यस मेलाका  विशेषताहरु: अटोमोबाइल व्यवसायीहरूबीच भाइचारा बढाउने, पेशागत मर्यादा उच्च राख्दै व्यवसायिक हकहितको रक्षाका लागि ठूलो भूमिका खेल्ने छ। मेलामा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनाका कार्यक्रमहरू, मोटरसाइकल र्याली, मोटर स्पोर्ट्स र यातायात व्यवस्थापनसम्बन्धी जानकारी पनि उपलब्ध गराइनेछ।

    फाइनान्स र इन्स्योरेन्स कम्पनीहरूको समेत सहभागिता हुने यस मेलामा करिब ४०,००० जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलाको अवधिमा गाडी किन्ने ग्राहकहरूको लागि विभिन्न छुट र आकर्षक योजनाहरू पनि उपलब्ध हुनेछन्। 


    साथै, लक्की ड्रमार्फत तीन भाग्यशाली ग्राहकहरूलाई उपहार प्रदान गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ