२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

४० लाखमा हुन्डाई भेन्यु ई, नेपाली उपभोक्ताको लागि नयाँ अवसर

images

  • २०८१ असोज १७, बिहीबार
  • 4.7K
    SHARES
  • ४० लाखमा हुन्डाई भेन्यु ई, नेपाली उपभोक्ताको लागि नयाँ अवसर

    काठमाडौँ : लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै उत्पादन गरिएको हुन्डाई भेन्युको नयाँ भेरिएन्ट ‘भेन्यु ई’ को उत्पादन सुरु गरेको छ। यसअघि कम्पनीले २०२४ मे महिनादेखि भेन्यु एस र एसएक्सको उत्पादन थालिसकेको थियो। लक्ष्मी मोटर कर्पोरेसन हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको सहायक कम्पनी हो।

    नेपालमा हुन्डाई भेन्युको व्यावसायिक उत्पादनसँगै "HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY" अभियान पनि सुरु गरिएको छ। हालसम्म कम्पनीले २ सय ५० भन्दा बढी गाडी बिक्री गरिसकेको जानकारी दिएको छ। नयाँ भेरिएन्ट भेन्यु ई को प्रारम्भिक मूल्य ४० लाख ९६ हजार रुपैयाँ राखिएको। जसमा दसैँ-तिहार अफर र कुनै अतिरिक्त छुट उपलब्ध हुने छैन।

    नेपालमा उपलब्ध अन्य भेन्यु भेरिएन्टहरूमा भेन्यु एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु एसएक्स १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले नेपालमै बनेको हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी दिने घोषणा गरेको छ।

    लक्ष्मी मोटर कर्पोरेसन नेपालमा औद्योगिकीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, सीप तथा प्रविधिको विकास र आन्तरिक राजस्व वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ स्थापित भएको हो। कम्पनीले भविष्यमा थप भेरिएन्ट र मोडलहरूको उत्पादन विस्तार गर्ने योजना बनाएको छ। जसले उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन प्रदान गर्ने लक्ष्य राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ