काठमाडौँ : धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका सपहीका उत्तिमलाल साहले टीभीएस रेडर मोटरसाइकल किन्दा १० लाख रुपैयाँ नगद जितेका छन्। यो बाइक जनकपुरधामको आर्यन अटोमोबाइल्सबाट किनेका उत्तिमलालले पर्चेज बोनस स्वरुप ५ हजार रुपैयाँ प्राप्त गरेका थिए।
टीभीएसको यो विशेष अफर अन्तर्गत उनले २ लाख ७० हजार ९ सय रुपैयाँ पर्ने बाइकको खरिदमा १० लाख नगद पुरस्कार जितेका हुन्, जुन केही समय पश्चात हस्तान्तरण गरिनेछ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामक योजना ल्याएको छ। यस योजनामा टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने अवसर रहेको कम्पनीले जनाएको छ।
यसैगरी, ग्राहकले टीभीएसको वेबसाइटमा गएर बाइक वा स्कुटर नकिन्दै पाँच लाखसम्म जित्न सक्नेछन्। साथै, हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक जित्न पनि सकिनेछ।
कम्पनीले जीवनभरको वारेन्टी, पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज र ग्यारेन्टरबिनाको इजी फाइनान्स जस्ता सेवाहरू उपलब्ध गराएको छ। केही दिनअघि काठमाडौंको भृकुटीमण्डपमा टीभीएसले आयोजना गरेको महा एक्सचेन्ज मेलामा टेकराज गुरुङले पनि ५ लाख नगद जितेका थिए।



