२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वुलिङले ल्यायो पावर बैंक जस्तै विभिन्न स्थानमा पु-याउन सकिने सेल्फ ड्राइभिङ ईभी चार्जर

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 1.5K
    SHARES
  • वुलिङले ल्यायो पावर बैंक जस्तै विभिन्न स्थानमा पु-याउन सकिने सेल्फ ड्राइभिङ ईभी चार्जर

    काठमाडौँ : ईभी निर्माता कम्पनी वुलिङले ईभी चार्जिङका लागि महत्वपूर्ण समाधानको रुपमा सेल्फ-ड्राइभिङ मोबाइल इनर्जी स्टोरेज चार्जिङ भेइकल (एमईएससीभी) सार्वजनिक गरेको छ ।

    चीनमा चलिरहेको २०२४ क्यान्टोन फेयरमा सार्वजनिक गरिएको सो अटोनोमस चार्जरले ईभी चार्जिङ स्टेसनमा हुने भिडको अवस्थालाई अन्त्य गर्ने र विभिन्न स्थानमा छरिएका ड्राइभरहरुलाई अन-डिमान्ड पावर उपलब्ध गराउने छ ।

    यसको सबैभन्दा ठूलो मोडलमा १४१ किलोवाट आवरको ब्याट्री हुन्छ र आवश्यकता अनुसार जुनसुकै स्थानमा अटोमेटिक रुपमा पुग्न सक्छ । अमेरिकी डलर ४२ हजार मूल्य पर्ने सो मोडल ७.५ फिट अग्लो र ६.५ फिट लामो छ भने ३.१ फिट फराकिलो छ ।

    अर्को सानो भर्सनको मोडलमा ३० किलोवाट आवरको ब्याट्री हुन्छ। यसको मूल्य ११ हजार डलर पर्छ । चीन र विश्वभर बढिरहेको ईभीप्रतिको क्रेजको अवस्थामा यस प्रकारका चार्जर निकै नै उपयोगी हुने अनुमान गरिएको छ ।

    यसबाट कुनै पनि ईभी आगामी दिनमा पावरविहीन हुनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास समेत गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ