२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हुन्डाई आयोनिक ५ अब १ सय किलोवाट मोटरमा नेपाली बजारमा उपलब्ध, बुकिङ खुल्ला!

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 1.6K
    SHARES
  • हुन्डाई आयोनिक ५ अब १ सय किलोवाट मोटरमा नेपाली बजारमा उपलब्ध, बुकिङ खुल्ला!

    काठमाडौँ : नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा चर्चित हुन्डाई इलेक्ट्रिक कार आयोनिक ५ अब १ सय किलोवाट क्षमताको मोटरमा पनि उपलब्ध गराउने घोषणा गरेको छ। १ सय किलोवाट क्षमताको यस संस्करणको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ राखिएको छ।

    सन् २०२२ को फेब्रुअरीमा नेपालमा आयोनिक ५ को सुरुआत गरिएको थियो। यसमा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले पूर्ण चार्जमा ३ सय ७५ किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ।

    २०२२ मा आयोनिक ५ ले विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर र विश्व कार डिजाइन अफ दि इयरजस्ता अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो, जसले यसको गुणस्तर र आकर्षणलाई अझै बलियो बनाएको छ।

    आयोनिक ५ मा प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड र पिक्सेल टेललाइटजस्ता प्रिमियम फिचरहरू उपलब्ध छन्, जसले यसलाई स्टाइलिश र भविष्यउन्मुख देखाउँछ।

    यद्यपि मोटर पावरमा भिन्नता भए पनि नयाँ १ सय किलोवाटको संस्करणको अन्य विशेषताहरू भने १ सय २५ किलोवाट संस्करणसँग मिल्दोजुल्दो हुने कम्पनीको भनाइ छ।

    करीब एक महिनाभित्रै नयाँ १ सय किलोवाट संस्करण नेपाली बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ। ग्राहकहरूले सो संस्करणको गाडी बुक गर्न नजिकैको हुन्डाई शोरुममा सम्पर्क गर्न सक्नेछन्।

    यो गाडीमा ८ सय भोल्ट इलेक्ट्रिकल आर्किटेक्चर प्रयोग भएको छ, जसका कारण यो नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी मानिन्छ। ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरको प्रयोग गर्दा यो गाडीलाई १० देखि ८० प्रतिशत चार्ज गर्न मात्र १८ मिनेट लाग्नेछ।

    नेपाली बजारमा प्रिमियम ईभीको माग बढ्दै गएको बेला आयोनिक ५ एउटा आकर्षक विकल्प बनेको छ, जुन प्रिमियम क्रसओभर सेग्मेन्टमा आधुनिक डिजाइन र उच्च प्रविधिमा आधारित ईभीको रुपमा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ