काठमाडौँ : महिन्द्रा एक्सयूभी थ्रीएक्सओलाई भारत एनक्यापले ५ स्टार रेटिङ प्रदान गरेको छ। यस एसयूभीले वयस्क सुरक्षाका लागि २९.३६ अंक र बालबालिका सुरक्षाका लागि ४३ अंक प्राप्त गरेको छ।
यस एसयूभीले फ्रन्टल अफसेट वेरियर परीक्षणमा चालक र यात्रुको टाउको, घाँटी र माथिल्लो खुट्टालाई राम्रो सुरक्षा प्रदान गरेको रिपोर्ट छ। यसले ड्राइभरको छाती र खुट्टालाई पर्याप्त सुरक्षा दिनेछ भने यात्रुको छाती र तल्लो शरीरलाई पनि राम्रो सुरक्षा मिल्नेछ।
एसयूभीले साइड मुभेबल ब्यारियर र साइड पोल इम्प्याक्ट टेस्टमा बस्नेहरूलाई राम्रो सुरक्षा दिएको जानकारी प्राप्त भएको छ। भारत एनक्यापले यसको दुर्घटना सुरक्षा मूल्याङ्कनका लागि एएक्स७ एल र एमएक्स २ भेरिएन्टलाई परिक्षण गरेको हो।
यस एसयूभीको सबै भेरिएन्टहरूमा फ्रन्ट एयरब्याग, साइड हेड कर्टेन एयरब्याग, साइड चेस्ट र साइड पेल्भिस एयरब्यागहरू समावेश गरिएको छ। अन्य सुरक्षा सुविधाहरूमा सीट बेल्ट प्रि–टेन्सनर्स र लोड लिमिटर, सीट बेल्ट रिमाइन्डर, ईएससी र आइएसओफिक्स समावेश छन्।
महिन्द्रा एक्सयूभी थ्रीएक्सओ नेपाली बजारमा पनि उपलब्ध छ, जसले यहाँका ग्राहकलाई उच्च स्तरको सुरक्षा र आराम प्रदान गर्दै आएको छ।



