२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चिनियाँ ईभी कम्पनी युआनहाङ संकटमा: तलब नपाएपछि कर्मचारी विद्रोहमा

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 2.1K
    SHARES
  • चिनियाँ ईभी कम्पनी युआनहाङ संकटमा: तलब नपाएपछि कर्मचारी विद्रोहमा

    काठमाडौं : चिनियाँ विद्युतीय सवारी साधन (ईभी) उत्पादक कम्पनी युआनहाङ गहिरो आर्थिक संकटमा फसेको छ। चर्चित कम्पनी डेयुनको लगानी रहेको यस कम्पनीले समयमै कर्मचारीलाई तलब दिन नसक्दा धेरैजसो कर्मचारीले जागिर छोडेका छन्।

    कार न्युज चाइनाको रिपोर्ट अनुसार युआनहाङको अनुसन्धान तथा डिजाइन विभागमा थोरै कर्मचारी मात्र बाँकी छन् भने धेरैलाई बेतलबी बिदामा पठाइएको छ। आर्थिक संकट समाधान गर्न कम्पनीले सरकारी सहयोग र नयाँ लगानीकर्ताको खोजी गरिरहेको छ।

    डेयुनले भने युआनहाङलाई टाट पल्टनबाट बचाउन प्रतिबद्धता जनाएको छ। सन् १९८७ मा स्थापना भएको डेयुनले ट्रक, मोटरसाइकलजस्ता सवारीका इन्जिन उत्पादन गर्दै आएको छ। युआनहाङ भने सन् २०२२ मा ईभी उत्पादनका लागि स्थापना भएको हो।

    कम्पनीले वाई-६ र वाई-७ सेडान तथा एच-८ र एच-९ एसयूभी मोडल सार्वजनिक गरिसकेको छ। यद्यपि २०२४ को पहिलो नौ महिनामा केवल ५ हजार ५ सय ८४ वटा गाडी मात्र बिक्री गर्न सफल भएको छ।

    ईभी उद्योगमा बढ्दो चुनौती
    युआनहाङ आर्थिक संकटमा परेको यो पहिलो चिनियाँ ईभी कम्पनी भने होइन। यसअघि २०२४ को सुरुवातमा ह्युमन होराइजन नामक ईभी कम्पनी पनि टाट पल्टेको थियो। त्यस्तै डब्लूएम मोटर्स, चाङजियाङ ईभी, बाइटन, बोर्ड्रिन मोटर्स, र जङसु सलिन अटोमोटिभ टेक्नोलोजीजस्ता कम्पनी पनि संकटमा परेका छन्।

    बढ्दो प्रतिस्पर्धा, ब्याजदरमा वृद्धि र आपूर्ति श्रृंखलामा आएको अस्तव्यस्तताका कारण चिनियाँ ईभी उद्योग संकटमा परेको उद्योग विश्लेषकहरूले बताएका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ