२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रोयल इन्फिल्डको गोआन क्लासिक ३५० बबर बाइक मोटोभर्स २०२४ नोभेम्बरमा लन्च हुँदै

images

  • २०८१ मंसिर २, आइतबार
  • 1.4K
    SHARES
  • रोयल इन्फिल्डको गोआन क्लासिक ३५० बबर बाइक मोटोभर्स २०२४ नोभेम्बरमा लन्च हुँदै

    काठमाडौँ : रोयल इन्फिल्डले आगामी मोटोभर्स २०२४ (नोभेम्बर २२–२४) मा आफ्नो नयाँ बाइक गोआन क्लासिक ३५० बबर लन्च गर्ने तयारी गरिरहेको छ। यो बाइक कम्पनीको लोकप्रिय जे-सिरिज इन्जिन प्लेटफर्ममा निर्माण हुने पाँचौं मोडल हो।

    विशेष बबर शैलीको यो मोटरसाइकलले आधुनिक र क्लासिक डिजाइनको संयोजन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    विशेषताहरू:

    • इन्जिन: ३ सय ४९ सीसी, एयर-कुल्ड, सिंगल सिलिन्डर
      • पावर: ६ हजार १ सय आरपीएममा २० बीएचपी
      • टर्क: २७ एनएम
      • ५-स्पिड ट्रान्समिसन
    • फ्रेम: ट्युबुलर डाउनट्युब
      • अगाडि: टेलिस्कोपिक फोर्क
      • पछाडि: ट्वीन शर्क एब्जर्बर
    • ब्रेकिङ: दुवै पाङ्ग्रामा डिस्क ब्रेक
    • वजन: १ सय ९७ किलोग्राम
    • ग्राउन्ड क्लियरेन्स: १ सय ७० एमएम

    डिजाइमा आकर्षण

    गोआन क्लासिक ३५० बबरको डिजाइन् क्लासिक ३५० को आधारमा बबर शैलीको रूपमा परिमार्जन गरिएको छ। यसको पछाडिको सिट र सेटअप शटगन र क्लासिक ६५० ट्विन्सबाट प्रभावित छ।

    बाइकको स्टाइल र विशेषताहरूलाई सन्तुलित बनाउन विभिन्न परीक्षण गरिसकिएको छ। यसका प्याटेन्ट तस्वीरहरू पनि यसअघि सार्वजनिक भएका थिए।

    बजार र मूल्य

    करिब २ लाख १५ हजार भारु मूल्यमा उपलब्ध हुने अनुमान गरिएको यो बाइकले जावा र येज्दी जस्ता ब्रान्डका बबर स्टाइल बाइकसँग प्रतिस्पर्धा गर्नेछ।

    रोयल इन्फिल्डको यो नयाँ मोडलले क्लासिक र आधुनिक मोटरसाइकल प्रेमीहरूका लागि ठूलो उत्साह सिर्जना गर्ने सम्भावना छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ