२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

होन्डाको पहिलो इलेक्ट्रिक स्कुटर: एक्टिभा ईभी नोभेम्बर २७ मा लन्च हुँदै

images

  • २०८१ मंसिर ३, सोमबार
  • 2.2K
    SHARES
  • होन्डाको पहिलो इलेक्ट्रिक स्कुटर: एक्टिभा ईभी नोभेम्बर २७ मा लन्च हुँदै

    काठमाडौँ : होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर होन्डा एक्टिभा इलेक्ट्रिक नोभेम्बर २७ मा लन्च गर्ने घोषणा गरेको छ। कम्पनीले हालै सार्वजनिक गरेको टिजरमा यस स्कुटरको डिजाइन र केहि विशेषता झलक देखाइएको छ।

    टिजर अनुसार एक्टिभा इलेक्ट्रिकमा इलेक्ट्रिक मोटरमा होन्डाको ब्रान्डिङ देखिन्छ। लामो र सुविधाजनक सिटले चालक र यात्रुलाई सहज अनुभव दिने संकेत गर्छ। यो स्कुटर विशेषगरी परिवार र दैनिक कामकाज गर्ने व्यक्तिहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

    स्कुटरमा ड्युअल स्व्याप गर्न सकिने मोबाइल पावर प्याक जडान गरिएको छ, जसले यसको रेन्ज १०० किलोमिटरभन्दा बढी पुर्‍याउने आशा गरिएको छ। यसले राइडरलाई चार्जिङको झन्झटबिना लामो यात्रा गर्न सहज बनाउनेछ।

    पहिलेका टिजरहरूमा देखाइएको अनुसार एक्टिभा इलेक्ट्रिकमा एलईडी हेडलाइट, ओभर-द-एयर अपडेट र नेभिगेसनजस्ता आधुनिक कनेक्टिभिटी फिचरहरू उपलब्ध छन्। यसले नजिकैको चार्जिङ स्टेशनमा मार्गदर्शनसमेत गर्नेछ।

    यसबाहेक स्कुटरमा ५ इन्चको इन्स्ट्रयुमेन्ट कन्सोल र ७ इन्चको ठुलो टीएफटी डिस्प्ले रहनेछ। यसले कल/एसएमएस अलर्ट, नेभिगेसन, म्युजिक कन्ट्रोलजस्ता सुविधा उपलब्ध गराउनेछ।

    साथमा युएसबी-सी चार्जिङ पोर्ट र तीन राइड मोड (स्ट्यान्डर्ड, स्पोर्ट र इको) साथै रिभर्स मोड पनि प्रदान गरिनेछ।

    होन्डा एक्टिभा इलेक्ट्रिकले ओला एस१, टीभीएस आईक्युब, हिरो भीडा भी१, बजाज चेतक ईभी र एथर इनर्जी जस्ता लोकप्रिय इलेक्ट्रिक स्कुटरहरूसँग बजारमा प्रतिस्पर्धा गर्नेछ।

    यो स्कुटरले होन्डाको इलेक्ट्रिक मोबिलिटीको यात्रामा महत्वपूर्ण कदम चिन्हित गर्दै ग्राहकहरूको मन जित्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ