२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रेनोको नयाँ डस्टर ‘राइट ह्यान्ड ड्राइभ’ संस्करण सार्वजनिक

images

  • २०८१ मंसिर ४, मंगलबार
  • 1.2K
    SHARES
  • रेनोको नयाँ डस्टर ‘राइट ह्यान्ड ड्राइभ’ संस्करण सार्वजनिक

    काठमाडौँ : रेनोले आफ्नो नयाँ जेनेरेशन डस्टरको राइट ह्यान्ड ड्राइभ भर्सन पहिलोपटक सार्वजनिक गरेको छ। यसलाई रेनोले दक्षिण अफ्रिकामा हालै सम्पन्न भएको एक अटो एक्स्पोमा प्रस्तुत गरेको हो।

    यो नयाँ डस्टरको ग्लोबल अनावरण यस वर्षको सुरुमा गरिएको थियो। २०२५ मा भारतमा यसको आगमन हुने रेनोले पुष्टि गरेको छ। यो एसयूभी भारतमा निर्माण भएर विश्वभरका विभिन्न बजारहरूमा निर्यात हुने बताइएको छ।

    राइट ह्यान्ड ड्राइभ संस्करणले ग्लोबल मोडेलका जस्तै स्टियरिङ ह्वील, डिजाइन, इन्टेरियर, क्याविन सुविधाहरू र प्रविधि पाउनेछ। यसले भारतमा हाल बिक्री भइरहेको किगर एसयूभीभन्दा माथि स्थान पाउनेछ। नयाँ डस्टरले हुन्डाई क्रेटा, किया सेल्टोस, टाटा कर्भ, मारुती ग्रान्ड भिटारा र टोयोटा हाइराइडरसँग प्रतिस्पर्धा गर्नेछ।

    विश्वव्यापी रूपमा, डस्टर तीन इन्जिन विकल्पमा उपलब्ध हुनेछ। यसमा १.२ लिटर ३ सिलिन्डर टर्बो–पेट्रोल माइल्ड हाइब्रिड प्रणाली, १.० लिटर ३ सिलिन्डर टर्बो बाई–इन्धन इन्जिन र १.६ लिटर पेट्रोल हाइब्रिड समावेश छ। यो सिस्टम दुई इलेक्ट्रिक मोटर र १.२ किलोवाट ब्याट्री प्याकका साथ आउँछ। डस्टर फ्रन्ट–व्हील ड्राइभ र फोर वाई फोर कन्फिगरेसनमा उपलब्ध हुनेछ।

    यस नयाँ डस्टरको राइट ह्यान्ड ड्राइभ संस्करण भारतमा समेत लोकप्रिय हुने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ