२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बिवाईडीको ३० औं वार्षिकोत्सव : नेपालमा १ सय विद्युतीय गाडी डेलिभरी

images

  • २०८१ मंसिर ६, बिहीबार
  • 1.8K
    SHARES
  • बिवाईडीको ३० औं वार्षिकोत्सव : नेपालमा १ सय विद्युतीय गाडी डेलिभरी

    काठमाडौं : बिवाईडीले आफ्नो ३० औं वार्षिकोत्सव र १ करोड न्यू इनर्जी भेइकल उत्पादनको ऐतिहासिक अवसरमा नेपालमा १ सय युनिट विद्युतीय गाडी डेलिभरी गरेको छ। नेपालका लागि आधिकारिक बिवाईडी वितरक साईमेक्स इंकले यो डेलिभरी नेपालभरका ग्राहकलाई प्रदान गरेको हो।

    कम्पनीका अनुसार यस कदमले नेपालमा दिगो यातायात प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। हरित भविष्य निर्माणमा बिवाईडीले देखाएको प्रतिबद्धता र विद्युतीय यातायातमा ग्राहकहरूको विश्वास झल्किने गरी यो उपलब्धि हासिल भएको हो।

    बिवाईडीको विश्वव्यापी सफलताः
    बिवाईडीले हालै १ करोड न्यू इनर्जी भेइकल उत्पादन गरेर एउटा नयाँ उपलब्धि कायम गरेको छ। यसले नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जनमा आधारित भविष्यप्रति कम्पनीको अटल प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

    नेपाली बजारमा बिवाईडीका लोकप्रिय मोडलहरूः
    साईमेक्स इंकले नेपालमा बिवाईडीका एट्टो ३, डल्फिन र सिल जस्ता अत्याधुनिक मोडलहरू बिक्री गर्दै आएको छ। यी मोडलहरू बिवाईडीको ब्लेड ब्याट्री प्रविधि, उच्च सुरक्षाको मापदण्ड र उत्कृष्ट प्रदर्शनका कारण लोकप्रिय छन्।

    कम्पनीको प्रतिक्रिया:
    "बिवाईडीको ३० औं वार्षिकोत्सवमा नेपालभर १ सय युनिट गाडी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यो हाम्रो टोलीको अथक परिश्रम र ग्राहकहरूको विश्वासको प्रतिफल हो। हामी नेपालको दिगो यातायाततर्फको यात्रालाई अझ गति दिन प्रतिबद्ध छौं।" साइमेक्स इंकका नेशनल सेल्स हेड आशुतोष गौतमले बताए।

    नेपालमा विद्युतीय सवारीको बढ्दो मागलाई ध्यानमा राख्दै बिवाईडीले आधुनिक प्रविधिसहित हरित यातायात समाधानलाई अगाडि बढाउने लक्ष्य लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ