२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाली बजारमा नेटा ब्राण्ड: सेवा र गुणस्तरको ग्यारेन्टी

images

  • २०८१ मंसिर ९, आइतबार
  • 1.1K
    SHARES
  • नेपाली बजारमा नेटा ब्राण्ड: सेवा र गुणस्तरको ग्यारेन्टी

    काठमाडौँ : इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। होजोन अटोले प्रेस विज्ञप्ती जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो।

    ‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन। नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ।’

    होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजन रुपमा वितरण भईरहेको जानकारी दिँदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाको तर्फबाट आभार व्यक्त गरेको छ। ‘हामी हाम्रा उपभोक्ताको बिक्रि पछिको अनुभवलाई धेरै महत्व दिन्छौँ।

    नेपालको आधिकारीक बिक्रेता सिजी मोर्टसमार्फत् बिक्री भएका गाडीहरुमा न्युनतम १० बर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाईनाले ब्यक्त गरेको छ।

    नेपालका केही मिडियामा नेटा सम्वन्धी नकारात्मक समाचार आए लगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो।

    होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तिय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ