२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमएडब्लू हायर पर्चेजलाई उत्कृष्ट करदाता घोषित

images

  • २०८१ मंसिर १०, सोमबार
  • 821
    SHARES
  • एमएडब्लू हायर पर्चेजलाई उत्कृष्ट करदाता घोषित

    काठमाडौँ : आन्तरिक राजस्व कार्यालय विराटनगरले यस वर्षको उत्कृष्ट करदाता को सम्मान एमएडब्लू हायर पर्चेज प्रालिलाई प्रदान गरेको छ। १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन समारोह का अवसरमा यो सम्मान प्रदान गरिएको हो।

    समारोहमा कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथी मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले एमएडब्लू हायर पर्चेजका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए।

    नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त यस कम्पनीले वि.सं. २०६८ मा स्थापना भएदेखि आफ्ना ग्राहकहरूलाई सजिलो, सरल र विश्वासिलो हायर पर्चेज समाधान उपलब्ध गराउँदै आएको छ।

    एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीका रूपमा स्थापित एमएडब्लू हायर पर्चेज साना र मझौला उद्यमीहरूका लागि व्यावसायिक सवारीसाधन र भारी उपकरणहरूको वित्तीय सेवा प्रदान गर्दै उनीहरूको आर्थिक लक्ष्य हासिल गर्न सहयात्री बनेको छ।

    यस सम्मानले कम्पनीको वित्तीय पारदर्शिता र कर तिर्ने उच्च जिम्मेवारीलाई थप मान्यता प्रदान गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ