काठमाडौँ : चांगनले ब्याट्री स्वाप गर्न मिल्ने आफ्नो पहिलो ईभी सार्वजनिक गरेको छ। चिनियाँ बजारमा सार्वजनिक गरिएको ओशान ५२० को ब्याट्रीलाई सिएटिएलको ब्याट्री नेटवर्कमा स्वाप गर्न मिल्ने जनाइएको छ। यो नयाँ विद्युतिय सेडान कारमा चोको–एसईबी स्कालेबल ब्याट्री जडान गरिएको छ, जसलाई २ मिनेटमै रिप्लेस गर्न सकिन्छ।
ओशान ५२० मा २६.५ किलोवाट आवर क्षमताको तीनवटा ब्याट्री सेल प्रयोग गरिएको छ। यस आधारमा ७९.८ किलोवाट आवर क्षमताको ब्याट्री जडान गर्न सकिन्छ र प्रत्येक सेल प्याकको रेंज २ सय किलोमिटरसम्म रहने दाबी गरिएको छ। तीनवटै ब्याट्री प्याक जडान गरेर चलाउँदा सो नयाँ कारले ५ सय १५ किलोमिटर रेंज दिने सिएलटीसीले दाबी गरेको छ।
यस कारमा १ सय ५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। ओशान ५२० को लम्बाई ४ हजार ७ सय ७० एमएम, चौडाई १ हजार ८ सय ४० एमएम र उचाई १ हजार ४ सय ७० एमएम रहेको छ र ह्विलबेस २ हजार ७ सय ६५ एमएम छ। १ हजार ५ सय ३५ किलोग्राम तौल भएको यो नयाँ कारको टप स्पीड १ सय ३५ किलोमिटर प्रतिघन्टा रहेको छ। कारको मूल्य र फिचर सहितका अन्य विवरणहरु भने हालसम्म सार्वजनिक गरिएको छैन।



