२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विद्युतीय सवारीमा अग्रणी एमएडब्लू ग्रुपलाई विश्वस्तरीय सम्मान

images

  • २०८१ मंसिर १६, आइतबार
  • 1.8K
    SHARES
  • विद्युतीय सवारीमा अग्रणी एमएडब्लू ग्रुपलाई विश्वस्तरीय सम्मान

    काठमाडौं : विद्युतीय सवारी साधनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। दिगो ऊर्जा प्रवर्द्धन र बिक्री कार्यसम्पादनका लागि एमएडब्लु ग्रुपलाई विश्वव्यापी मान्यता दिइएको हो।

    कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई ‘लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरिएको थियो। नेपालमा फोटोन ईभीको बिक्री र दिगो ऊर्जा समाधानको प्रवर्द्धन गर्दै राष्ट्रलाई हरित भविष्यतर्फ अग्रसर गराउन गरेको प्रयासका लागि यो सम्मान प्रदान गरिएको हो।

    त्यसैगरी, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्तालाई ‘एक्सेलेन्स इन सेल्स अवार्ड २०२४’ प्रदान गरिएको थियो। यसले एमएडब्लू ग्रुपको उत्कृष्ट बिक्री रणनीति र ईभी बजारमा पुनः परिभाषा गर्ने क्षमतालाई थप उजागर गरेको छ।

    फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुनले यी अवार्डहरू हस्तान्तरण गरेका थिए। प्रतिष्ठित व्यक्तित्वद्वारा प्रदान गरिएका यी अवार्डहरूले एमएडब्लू ग्रुपको ईभी क्षेत्रमा गरेको योगदानलाई थप सशक्त पार्दै यसको विश्वव्यापी प्रभावलाई पुष्टि गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    दिगो ऊर्जा र गतिशीलताको प्रवर्द्धनमा एमएडब्लू ग्रुपको निरन्तर समर्पणलाई यस सम्मानले थप प्रोत्साहन दिएको छ। यी अवार्डहरूले समूहलाई हरित भविष्य निर्माणमा ट्रेन्डसेटरका रूपमा स्थापित गर्दै नेपालको ऊर्जा-प्रभावकारी गतिशीलतालाई विश्वसामु उजागर गरेको कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ