काठमाडौँ : हालका दिनमा इलेक्ट्रिक स्कुटरहरू लोकप्रियता हासिल गर्दै गइरहेका छन्। पेट्रोल स्कुटरको तुलनामा इलेक्ट्रिक स्कुटरले इन्धनको झन्झटबाट मुक्ति दिलाउँदै चार्जिङमार्फत चल्ने भएकाले उपभोक्ताबीच यसको माग बढ्दो छ। तर यसमा हुने सबैभन्दा ठुलो खर्च भनेको ब्याट्रीमा हो।
यदि इलेक्ट्रिक स्कुटरको ब्याट्री बिग्रिएमा नयाँ ब्याट्री बदल्न महँगो पर्न सक्छ। यसै विषयमा EV India ले केही लोकप्रिय इलेक्ट्रिक स्कुटरहरूको ब्याट्री मूल्य सार्वजनिक गरेको छ। यसमा एथर रिज्टा, एथर ४५० एक्स, टीभीएस आईक्युब, भिडा भी१ र बजाज चेतक जस्ता मोडलहरू समावेश छन्।
एथर स्कुटरको ब्याट्री मूल्य
- एथर ४५० एक्स:
- २.९ किलोवाट ब्याट्री प्याक: ६५ हजार - ७० हजार भारतीय रुपैयाँ।
- ३.७ किलोवाट ब्याट्री प्याक: ८० हजार भारतीय रुपैयाँ।
- एथर रिज्टा:
- नयाँ ब्याट्री: ६५ हजार - ८० हजार भारतीय रुपैयाँ।
भिडा स्कुटरको ब्याट्री मूल्य
- भिडा भी१ प्रो: ८५ हजार भारतीय रुपैयाँ।
- भिडा भी१ प्लस: ७५ हजार भारतीय रुपैयाँ।
टीभीएस आईक्युब स्कुटरको ब्याट्री मूल्य
- स्ट्यान्डर्ड मोडल: ६० हजार - ७० हजार भारतीय रुपैयाँ।
- आईक्युब एसटी: ९० हजार भारतीय रुपैयाँ।
बजाज चेतक स्कुटरको ब्याट्री मूल्य
- २.८ किलोवाट र ३.२ किलोवाट ब्याट्री प्याक: ६० हजार - ८० हजार भारतीय रुपैयाँ।
इलेक्ट्रिक स्कुटरको ब्याट्री फेर्नुपर्दा लागत थोरै महँगो भए पनि पेट्रोलको दैनिक खर्च घट्ने फाइदाले दीर्घकालमा यसलाई किफायती बनाउन सक्छ। यस विषयमा निर्णय गर्दा सवारी प्रयोगको प्रकार र बजेटलाई ध्यान दिनु आवश्यक छ।



