काठमाडौँ : चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ जी६ इभी अब पोखरामासमेत उपलब्ध भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले एक्सपेङ जी६ इभी पोखरामा औपचारिक रूपमा लन्च गरेको छ। यस क्रममा अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलर घोषणा गरिएको छ।
यस साझेदारीले पोखरा क्षेत्रका ग्राहकहरूलाई वातावरणमैत्री र अत्याधुनिक सवारीसाधन उपलब्ध गराउनुका साथै उत्कृष्ट बिक्री पछिको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा एक्सपेङ ब्रान्डको विशेषता र यसको महत्त्वबारे चर्चा गरे। यस्तै सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले सीजी मोटर्सका सफलताहरू, अटोवेजसँगको सहकार्य र भविष्यका योजनाहरू प्रस्तुत गरे।
कार्यक्रमको क्रममा अटोवेज प्रालिले पहिलो चरणमा ५ युनिट एक्सपेङ जी६ एसयूभी ग्राहकलाई हस्तान्तरण गर्यो।
जी६ इभीका विशेषताहरू
- सुरक्षा: जी६ ले विश्वस्तरको ई–एनक्याप सुरक्षा परीक्षणमा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ।
- प्रविधि: स्वचालित ड्राइभिङ प्रविधि, एसईपीए २.० संरचना, नियमित ओटीए अपडेट र एक्सओएस अपरेटिङ सिस्टम उपलब्ध।
- चार्जिङ: ८ सय भोल्ट सुपर–फास्ट चार्जिङ प्रणाली, जसले चार्जिङ समयलाई धेरै कम बनाउँछ।
- पर्फमेन्स: १ सय ९० किलोवाट मोटर पावर र ४ सय ४० एनएम टर्क। ६६ किलोवाट आवर ब्याट्री प्याकले ४ सय ३५ किलोमिटरको रेन्ज दिन्छ।
- डिजाइन: ५०ः५० तौल वितरण, आल्मुनियम डाइ–कास्ट बडी र ९ आयामी ब्याट्री सुरक्षासहितको संरचना।
पोखरामा एक्सपेङको यस उपस्थितिले स्थानीय बजारलाई उच्च प्रविधियुक्त विद्युतीय सवारीसाधनप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।



