२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

युनाइटेड अजोड इन्स्योरेन्सको नयाँ सीईओमा कमल गौतम

images

  • २०८१ मंसिर १९, बुधबार
  • 1.2K
    SHARES
  • युनाइटेड अजोड इन्स्योरेन्सको नयाँ सीईओमा कमल गौतम

    काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कमल गौतमलाई नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गौतमलाई नियुक्त गरेको हो।

    वित्तीय तथा बीमा क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव संगालेका गौतम सक्षम नेतृत्वकर्ता मानिन्छन्। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले यसअघि एभरेष्ट इन्स्योरेन्सका सीईओका रूपमा कार्य गरी कम्पनीको विकासमा उल्लेखनीय भूमिका निभाएका थिए।

    गौतम वित्तीय क्षेत्रका जटिल निर्णय लिनसक्ने र कर्मचारीहरुलाई हौसला प्रदान गर्दै टोलीलाई उत्कृष्ट नतिजा दिन प्रोत्साहित गर्ने क्षमता भएका व्यक्ति हुन्। युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक समितिले उनको नेतृत्वमा कम्पनीले थप प्रगति गर्ने विश्वास लिएको छ।

    यसअघि कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधनपछि महाप्रबन्धक डोरिन्द्रराज दाहालले निमित्त कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी बहन गर्दै आएका थिए।

    कमल गौतम सीईओको रूपमा नियुक्तिसँगै कम्पनीले बीमा क्षेत्रका ग्राहकलाई अझ सुदृढ सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ