२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन सञ्चालनमा

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 1.8K
    SHARES
  • दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन सञ्चालनमा

    काठमाडौँ : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण सम्पन्न भएको छ। यो परियोजना मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो।

    स्टेशनको उद्घाटन नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले संयुक्त रूपमा गरेका छन्।

    नवनिर्मित चार्जिङ स्टेशनमा एकैपटक चारवटा चारपाङ्ग्रे र ११ वटा तीनपाङ्ग्रे सवारी साधन गरी कुल १५ वटा सवारी साधन चार्ज गर्न सकिने व्यवस्था छ। स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान र आधुनिक शौचालयजस्ता सुविधाजनक पूर्वाधार पनि निर्माण गरिएको छ।

    यो परियोजनाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै हरित ऊर्जा प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ