२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डोङफेङको लक्जरी अफरोड ब्रान्ड एमहिरो: एमहिरो आई सार्वजनिक

images

  • २०८१ मंसिर २३, आइतबार
  • 1.0K
    SHARES
  • डोङफेङको लक्जरी अफरोड ब्रान्ड एमहिरो: एमहिरो आई सार्वजनिक

    काठमाडौँ : डोङफेङ मोटरले आफ्नो लक्जरी अफरोड ब्रान्डको रुपमा एमहिरो सार्वजनिक गरेको छ। हालै दुबईमा सम्पन्न ‘नाइट अफ द इमिरेट्स’ थिमको विशेष कार्यक्रममार्फत फ्ल्यागशिप मोडल एमहिरो आई सार्वजनिक गरियो। यस मोडललाई एमहिरो ९१७ पनि भनिन्छ।

    मिडिल इस्टको लक्जरी भेइकल बजारलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो मोडलले डोङफेङ मोटरको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

    एमहिरो आई मा ८ सय किलोवाटको पावर र १४ सय एनएमको टर्क उत्पन्न गर्ने क्षमता छ। डब्लुएलटीसी अनुसार यो अफरोड भेइकलले एक चार्जमा ७ सय ५० किलोमिटरसम्मको रेन्ज दिन सक्छ। यसमा ६५.९ र १ सय ४२.७ किलोवाट-आवरको ब्याट्री प्रयोग गरिएको छ। यसको ग्राउन्ड क्लियरेन्स २ सय ३० एमएम छ, जसले यो गाडीलाई विभिन्न अवस्थाहरू जस्तै स्नो, मड, स्यान्ड, रक, र वेडिङ मोडमा सहज रूपमा चलाउन सक्ने बनाएको छ।

    डोङफेङ मोटरले युएईसहित कतार र कुवेतमा पनि एमहिरो ब्रान्ड विस्तार गरिसकेको छ। यी देशहरूमा कम्पनीले आफ्नो सेल्स नेटवर्क स्थापना गर्दैछ।

    नेपाली बजारमा पनि डोङफेङको इलेक्ट्रिक भेइकलहरू चर्चा पाउँदै आएको छ। हालै नेपाल भित्रिएको डोङफेङका नयाँ मोडलहरूले राम्रो प्रतिक्रिया पाइरहेका छन्। भविष्यमा एमहिरो जस्ता अफरोड ब्रान्ड पनि नेपाली बजारमा भित्रिने सम्भावना बलियो देखिएको छ।

    अहिलेको समयमा विभिन्न इलेक्ट्रिक कार ब्रान्डहरूले अफरोड मोडलहरू सार्वजनिक गरिरहेका छन्। आगामी दिनमा यस्ता मोडलहरूले अफरोड भेइकल क्षेत्रमै नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ