काठमाडौँ : सहरी यातायातलाई नयाँ युगमा प्रवेश गराउँदै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अत्याधुनिक प्रविधि, उच्च क्षमता र आरामदायी सुविधासहितको टाटा म्याजिक बीएस६ गाडी सार्वजनिक गरेको छ।
नेपालगन्जमा आयोजित एक भव्य समारोहमा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम बहादुर चलाउने र अन्य यातायात व्यवसायीहरूको उपस्थितिमा गाडी सार्वजनिक गरियो।
सिप्रदी ट्रेडिङका एजीएम सेल्स, सीभीबीयू कृष्ण चन्दले टाटा म्याजिक बीएस६ सहरी यातायातको लागि अत्यन्त उपयोगी समाधान भएको बताए। उनले भने "यस गाडीले यात्रुहरूको सहजता मात्र नभई यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत तीव्रता दिनेछ। सिप्रदीले यस क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्स सुविधा उपलब्ध गराउँदै आएको छ।"
कार्यक्रममा सिप्रदी ट्रेडिङका कमर्सियल भेइकल्स बिजनेस युनिट (सीभीबीयू) का प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले भने "टाटा म्याजिक बीएस६ ले आधुनिक सहरी यातायातमा नयाँ क्रान्ति ल्याउनेछ। यसले यात्रुको अनुभवलाई सुरक्षित, आरामदायी र उत्कृष्ट बनाउनेछ।"
टाटा म्याजिकको यात्रा र नयाँ संस्करणका विशेषता
टाटा म्याजिक पहिलोपटक २००८ मा बीएस२ संस्करणका साथ नेपाली बजारमा प्रवेश गरेको थियो। त्यसयता बीएस३, बीएस४ हुँदै अब बीएस६ संस्करण सार्वजनिक भएको हो। यस गाडीले हालसम्म नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको कम्पनीले दावी गरेको छ।
हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सञ्चालनमा रहेका छन्। कम्पनीका अनुसार टाटा म्याजिक बीएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्प बन्नेछ।
गाडीका मुख्य विशेषता
- ६ सय ९४ सीसी पेट्रोल इन्जिन, जसले ३० एचपी पावर र ५५ एनएम टर्क उत्पादन गर्छ।
- फाइभ स्पिड गियरबक्स र १३ इन्च टायर,
- डिजिटल ओडोमिटर, इको स्विच, एबीएस र एन्टी–रोलबार प्रणाली,
- चालक र यात्रुको सहजता तथा सुरक्षालाई ध्यानमा राखेर विशेष डिजाइन,
सहरी यातायात र विद्यालयको लागि सुरक्षित र प्रभावकारी समाधान प्रदान गर्ने उद्देश्यले ल्याइएको टाटा म्याजिक बीएस६, सिप्रदी ट्रेडिङको नवीनतम प्रयास हो, जसले यातायात क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।



