काठमाडौं : यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टता प्रदर्शन गर्ने उद्देश्यले मंगलबार आयोजित प्रतिस्पर्धामा यामाहाका विभिन्न डिलरशिपबाट ११ जना शीर्ष बिक्री परामर्शदाताहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा भाग लिनका लागि सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेसका क्षेत्रमा प्रचलित प्रशिक्षण पुरा गरेका थिए, र त्यसपछि यी विषयहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्न विभिन्न प्रतिस्पर्धात्मक परीक्षणहरू सम्पन्न गरेका थिए। प्रत्येक डिलरशिपबाट उच्चतम अंक प्राप्त गर्ने बिक्री परामर्शदाताले मात्र यस प्रतिस्पर्धामा भाग लिन पाएका थिए, जसले प्रतियोगितामा उत्कृष्टता र कौशलका लागि एक उच्च मापदण्ड राखेको थियो।
प्रतियोगितामा शीर्ष तीन स्थानको घोषणा गरिएको थियो। द ह्विल्स प्रालिका विकास रंजितकार बिजेता बने, भने एमएडब्लु प्रालि बल्खुका कुश्मा देवकोटा पहिलो रनरअप र गोर्खा मनकामना अटो इन्टरप्राइजेजका सुमित मर्हजन दोस्रो रनरअप बने।
प्रतियोगितामा काठमाडौंका यामाहा डिलरशिप र शोरुमहरूले उत्साहजनक सहभागिता देखाएका थिए। सबै प्रतियोगीहरूले आफ्नो सीप र ज्ञान प्रदर्शन गर्दै शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। बिजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा भाग लिने अवसर पाएका छन्।
यामाहा नेपालका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बिजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्दै उनीहरूको समर्पण र परिश्रमको प्रशंसा गरे। उनले भने “यामाहा सधैं आफ्नो टिमका सदस्यहरूलाई उत्कृष्टताको लागि आवश्यक सीप र ज्ञानले सशक्त बनाउनमा विश्वास गर्दछ। यस प्रतियोगिताले सहभागीहरूको विशेषज्ञता र निरन्तर सिक्ने संस्कृतिलाई बढावा दिने विश्वास गर्छु।”
कार्यक्रममा सहभागीहरूले आफ्नो प्रयास र ब्रान्डको प्रति प्रतिबद्धता दर्शाउने प्रमाणपत्र प्राप्त गरे। यामाहाले यस प्रतियोगितालाई क्षेत्रीय सेल्स प्रतियोगिताको शुरुवातको रूपमा लिएको छ, र आगामी दिनमा अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको छ।
कम्पनीका अनुसार यस्ता पहलहरू मार्फत यामाहा नेपालले आफ्नो बिक्री परामर्शदाताहरूलाई उच्चतम स्तरको ग्राहक सेवा र विश्वस्तरीय अनुभव प्रदान गर्न सुनिश्चित गर्दै उत्कृष्टताको संस्कृतिको प्रोत्साहन गर्न जारी राख्नेछ।



