२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हुन्डाई नेपालले थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने, क्रेटा ईभी छिट्टै नेपाली बजारमा

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 2.0K
    SHARES
  • हुन्डाई नेपालले थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने, क्रेटा ईभी छिट्टै नेपाली बजारमा

    काठमाडौं : हुन्डाई मोटर्सले नेपालभर थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशनहरू निर्माण गर्ने घोषणा गरेको छ। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चार्जिङ स्टेशनहरूको निर्माण गर्ने भएको हो।

    हुन्डाईको लोकप्रिय इलेक्ट्रिक गाडी क्रेटा ईभी नेपाली बजारमा भित्र्याउने तयारी भइरहेको छ, जसलाई कम्पनीले मास मार्केट ईभीको रूपमा प्रस्तुत गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल नेपाली बजारमा हुन्डाईका कोना ईभी र आयोनिक ५ गाडीहरू बिक्री गर्दै आएको छ। कम्पनीका अनुसार फागुनको पहिलो हप्तासम्म क्रेटा ईभी उपलब्ध गराइनेछ।

    हुन्डाईले हालसम्म नेपालभर ४५ वटा एसी चार्जिङ स्टेशन स्थापना गरिसकेको छ। कम्पनीका जनरल म्यानेजर दीपक थपलियाका अनुसार आगामी जनवरीसम्ममा नेपालका मुख्य राजमार्गका तीन स्थानमा १ सय किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ स्टेशन बनाइने छ। यी चार्जिङ स्टेशहरूमा डबल गन हुनेछन्, जसले एकैपटक दुईवटा ईभी चार्ज गर्न सकिने सुविधा प्रदान गर्नेछ।

    hyundi-charging-nepal.jpg

    देशका अन्य स्थानहरूमा चार्जिङ स्टेशन स्थापना गर्न थप अध्ययन भइरहेको जनाइएको छ। साथै कम्पनीले जनवरीसम्ममा दुईवटा भेहिकल टु भेहिकल (भीटुभी) चार्जिङ भ्यान पनि ल्याउने योजना बनाएको छ। यी भ्यानहरूलाई मोबाइल चार्जिङ युनिटको रूपमा प्रयोग गरिनेछ, जसले बाटोमै चार्ज सकिएका हुन्डाई ईभीहरूलाई चार्ज गर्न सक्नेछ।

    हालसम्म हुन्डाईले नेपालका विभिन्न होटल, मल तथा शोरुमलगायत ४५ स्थानमा ७ देखि २२ किलोवाट क्षमताका एसी चार्जिङ पोइन्टहरू स्थापना गरिसकेको छ। नयाँ क्रेटा ईभी र फास्ट चार्जिङ सुविधाले नेपाली ईभी बजारलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ