काठमाडौँ : एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले पुष ५ देखि ७ गतेसम्म ‘विन्टर कार्निभल–२०२४’ आयोजना गर्ने भएको छ। बालुवाटारस्थित सिल्भर ओकमा हुने यस कार्यक्रमले एमजी, माज्दा, म्याक्सस र वुलिङ ब्रान्डका कारहरू प्रदर्शन गर्नेछ।
कार्निभलमा ग्राहकले पुराना गाडी साटेर यी ब्रान्डका नयाँ गाडी खरिद गर्न सक्नेछन्। सट्टापट्टा गर्दा १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउने सुविधा कम्पनीले उपलब्ध गराउनेछ।
गाडी खरिद गर्न चाहने ग्राहकका लागि कार्निभल स्थलमै तत्कालै फाइनान्स सुविधा उपलब्ध हुनेछ। कार्यक्रममा सहभागीहरूले टेष्ट ड्राइभ, संगीत प्रस्तुति, फुड एन्ड स्न्याक्स र विभिन्न मनोरन्जनात्मक कार्यक्रमको आनन्द लिन सक्नेछन्। बालबालिकाहरूका लागि विशेष किड्स प्ले जोनको व्यवस्था समेत गरिएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा पुष ६ गते नेपाल प्रिमियम लिगको फाइनल म्याच लाइभ हेर्ने व्यवस्था मिलाइएको छ।
पारामाउन्ट मोटर्सले एमजी, माज्दा, म्याक्सस र वुलिङका नयाँ गाडीमा अपग्रेड हुन र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव लिन सबैलाई सहभागी हुन आह्वान गरेको छ।



