काठमाडौँ : बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको नयाँ पुस्ता "चेतक ३५ सिरिज" लन्च गरेको छ। यस मोडलमा नयाँ च्यासिस, प्राविधिक सुधार र आकर्षक सुविधाहरू थप गरिएको छ।
मुख्य विशेषताहरू
- रेन्ज र ब्याट्री:
- नयाँ चेतक ३५ सिरिजमा ३.५ किलोवाटको ब्याट्री प्याक जडान गरिएको छ।
- फुल चार्जमा १ सय ५३ किलोमिटर आईडीसी प्रमाणित रेन्ज र १ सय २०–१ सय २५ किलोमिटरको वास्तविक रेन्ज दिने दाबी,
- ९ सय ५० वाटको चार्जरले ८०% चार्ज ३ घण्टा २५ मिनेटमा गर्न सकिन्छ।
- डिजाइन र स्टोरेज:
- ३५ लिटरको अन्डर-सिट स्टोरेज क्षमता,
- रेट्रो शैलीको डिजाइनमा फ्रन्ट एलईडी डीआरएल र क्रोम एलिमेन्ट,
- नयाँ रंगीन टीएफटी डिस्प्ले, जसमा टर्न-बाई-टर्न नेभिगेसन, म्युजिक म्यानेजमेन्ट र रियल-टाइम नोटिफिकेशन जस्ता आधुनिक सुविधा उपलब्ध,
- परफर्मेन्स:
- अधिकतम गति: ७३ किमी/घन्टा,
- मोड्स: इको र स्पोर्ट्स,
- नयाँ कन्ट्रोल सिस्टम र प्लेटफर्मले स्कुटरको परफर्मेन्समा सुधार ल्याएको छ।
- कम्फर्ट र ह्विलबेस:
- ८० एमएम लामो सीट,
- ह्विलबेस २५ एमएमले बढाएर १ हजार ३ सय ५० एमएम,
भेरिएन्ट र प्रतिस्पर्धा
बजाज चेतक ३५ सिरिज दुई भेरिएन्टमा उपलब्ध छ:
- चेतक ३५०२
- चेतक ३५०१
यस नयाँ मोडलले टीभीएस आईक्युब, एथर रिज्टा, भीडा भीटु र ओला एस१ जस्ता इलेक्ट्रिक स्कुटरसँग भारतीय बजारमा प्रतिस्पर्धा गर्नेछ।



