२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टोयोटाको नयाँ ईभी अर्बन क्रुजर नेपाल भित्रिँदै, यस्तो छ तयारी

images

  • २०८१ पुस १२, शुक्रबार
  • 2.4K
    SHARES
  • टोयोटाको नयाँ ईभी अर्बन क्रुजर नेपाल भित्रिँदै, यस्तो छ तयारी

    काठमाडौँ : टोयोटाको नयाँ विद्युतीय गाडी अर्बन क्रुजर ईभी छिट्टै नेपाली बजारमा भित्रिने भएको छ। नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले यो गाडी नेपाली उपभोक्तामाझ प्रस्तुत गर्ने तयारी गरेको छ।

    टोयोटाले यो गाडीलाई दुई ब्याट्री विकल्पसहित ल्याउने योजना बनाएको छ। ४९ किलोवाट आवर र ६१ किलोवाट आवर। यद्यपि कुन ब्याट्री क्षमतासहितको मोडेल पहिले नेपालमा भित्रिने हो भन्ने विषयमा कम्पनीले अझै खुलाएको छैन। युनाइटेड ट्रेडर्स सिन्डिकेटले यी दुवै मोडेल नेपाली बजारमा उपलब्ध गराउने संकेत दिएको छ।

    भारतमा उत्पादन, नेपाली बजारको लक्ष्य
    टोयोटा र सुजुकीले संयुक्त रूपमा विकास गरेको यो ईभी भारतमै उत्पादन हुने बताइएको छ। यस गाडीमा आधुनिक प्रविधिसहितको आकर्षक लुक्स रहेकोले उपभोक्ताको ध्यान खिच्ने विश्वास गरिएको छ।

    युनाइटेड ट्रेडर्स सिन्डिकेटका निर्देशक सूर्यांश वैद्यका अनुसार अर्बन क्रुजर ईभी सन् २०२५ को जुन महिनासम्म नेपाली बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
    “नेपाली बजारमा विद्युतीय गाडीको माग निरन्तर बढिरहेको छ। यसलाई मध्यनजर गर्दै टोयोटाको ईभी छिट्टै ल्याउन हामी प्रयासरत छौं।” उनले भने।

    उत्कृष्ट फिचर र प्राविधिक विशेषता
    अर्बन एसयूभी कन्सेप्टमा आधारित अर्बन क्रुजर ईभी ले प्रतिस्पर्धी बजारमा बलियो उपस्थिति जनाउने लक्ष्य राखेको छ। यसको कम्प्याक्ट आकारले यसलाई चलाउन सजिलो बनाउँछ। यसमा डुअल-स्क्रिन लेआउट सहित १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ।

    अन्य विशेषताहरूमा निम्न पर्छन्:

    • अटोमेटिक क्लाइमेट कन्ट्रोल
    • पावर ड्राइभर सिट
    • सनरुफ
    • रिक्लाइनिङ रियर सिट
    • जेबीएल अडियो सिस्टम
    • एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी
    • ३६० डिग्री क्यामेरा

    प्राविधिक विवरण

    • ४९ किलोवाट आवर ब्याट्री भएको संस्करण: १ सय ४२ बीएचपी आउटपुट, १ सय ६ किलोवाट मोटर, १ सय ८९ एनएम टर्क
    • ६१ किलोवाट आवर ब्याट्री भएको संस्करण: १ सय ८१ बीएचपी आउटपुट, १ सय ३५ किलोवाट मोटर, ३ सय एनएम टर्क

    गाडीको लम्बाइ ४ हजार २ सय ८५ एमएम, चौडाइ १ हजार ८ सय एमएम, उचाइ १ हजार ६ सय ४० एमएम र ह्विलबेस २ हजार ७ सय एमएम छ।

    यो गाडी सुजुकीको ई–भिटारा सँग केही समानता राख्ने बताइएको छ। कालो र खरानी रङमा उपलब्ध हुने अर्बन क्रुजर ईभीले नेपाली उपभोक्तामाझ राम्रो स्थान पाउने अपेक्षा गरिएको छ।

    टोयोटाको यो नयाँ विद्युतीय गाडीले आधुनिक प्रविधि, आकर्षक लुक्स र उत्कृष्ट प्रदर्शनको संयोजनमा नेपाली बजारमा नयाँ मानक स्थापित गर्ने सम्भावना देखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ