काठमाडौँ : आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँमा पुगेको छ।
हिजो सोमबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। चाँदी अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।



