२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गोरखाको स्तुल खोलामा बेलीब्रिज

images

  • २०८० कात्तिक २१, मंगलबार
  • 926
    SHARES
  • गोरखाको स्तुल खोलामा बेलीब्रिज

    कात्तिक २१, गोरखा : गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ। आरुघाट–आरुपोखरी–ताकुकोट सडक खण्डमा पर्ने स्तुल खोलामा कुल रु ३ करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो। 

    एघार किलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार उक्त सडकखण्ड अन्तर्गत आरुघाट गाउँपालिका–८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खामा सवारी साधान गुडाउन कठिनाइ हुने गरेको थियो। बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो।

    पुल निर्माणको काम एक वर्ष भित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिए पनि ठेकेदार कम्पनीले ४ महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो। बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारी साधानमार्फत ओहोर दोहोरका लागि आरुपोखरीका बासिन्दालाई सहज भएको छ। 

    पुल नबन्दा हिउँदमा जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा  सञ्चालन गर्न नसकिने अवस्था थियो। पुल निर्माण सम्पन्न भएसँगै आरुघाट–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई सहज भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ