काठमाडौँ : नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै जेष्ठ २७ देखि क्याम्प सुरु भएको हो । क्याम्प २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुनेछ । उक्त क्याम्पमार्फत् सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीको भनाई छ ।
क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ ।
साथै, ग्राहकले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्, जसअन्तर्गत लेबर चार्जमा १०५, पाट्र्समा ७५, ल्युब्रिकेन्टमा ५५, एसि रिफिलमा २०५ र डेन्ट–पेन्ट सेवामा १०५ छुट प्रदान गरिनेछ । यसैगरी ज्म् क्अबल सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ ।
कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत् उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।



