काठमाडौँ : सांग्रिला मोटर्सले व्हील्स अफ सेलिब्रेशन्स’ आगामी भदौ १८ गतेदेखि २२ गतेसम्म उत्तरढोका शोरुममा आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उत्सवमा गाडी प्रेमीका लागि अन्तरक्रियात्मक गतिविधि तथा विशेष अफर रहनेछन् ।
लिपमोटर, सिट्रोन र पूजोका नवीनतम मोडेल टेस्ट ड्राइभ गर्ने अवसर ग्राहकले पाउनेछन् । प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई थप रमाइलो र रोचक बनाउन विभिन्न खेल तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिने छ । सहभागीले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्याङ्कन गराउन वा साटासाट गर्ने सुविधा पाउनेछन् ।
कार्यक्रममा गाडी बुकिङ गर्ने ग्राहकलाई सोल्टी वेस्ट एन्ड रिसोर्टमा निःशुल्क १ रात २ दिनको स्टे उपहारस्वरूप दिइने आयोजकको भनाई छ ।
व्हील्स अफ सेलिब्रेशन्स हाम्रो ग्राहकप्रतिको आभार प्रकट गर्ने माध्यम हो । टेस्ट ड्राइभ, रमाइलो गतिविधि र विशेष अफरसहित यो कार्यक्रममा प्रत्येक आगन्तुकका लागि केही न केही विशेष हुनेछ,” सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने ।



