२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङ ब्रान्डका विद्युत्तीय बस सार्वजनिक हुने

images

  • २०८३ साउन २५, सोमबार
  • 351
    SHARES
  • नाइमा मोबिलिटी एक्सपोमा डोङफेङ ब्रान्डका विद्युत्तीय बस सार्वजनिक हुने

    काठमाडौँ : नेपालमा विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने क्रममा हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल ब्रान्ड ‘डोङफेङ’का विद्युत्तीय बसहरू भित्र्याउने भएको छ। भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाइमा मोबिलिटी एक्सपो २०२६’ को अवसर पारेर यी बसहरू आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गर्न लागिएको हो।

    सुरुवाती चरणमा कम्पनीले १२ मिटर लम्बाइ र २६ देखि ३० सिट क्षमताका दुईवटा मोडलहरू बजारमा ल्याउने तयारी पूरा गरेको छ। सार्वजनिक यातायातलाई अझ सहज र व्यवस्थित बनाउन निकट भविष्यमै ९ र १२ मिटर लम्बाइका ३८ तथा ५२ सिट क्षमता भएका ठूला बसहरूसमेत भित्र्याउने योजना कम्पनीको रहेको छ।

    नयाँ भित्र्याउन लागिएका बसहरूको विस्तृत प्राविधिक विवरण तथा मूल्य भने अटो एक्सपोकै क्रममा सार्वजनिक गरिनेछ। बजारमा उपलब्ध अन्य समकक्षी बसहरूको तुलनामा डोङफेङका बसहरू बजार प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने बताइएको छ। साथै, एक्सपोको अवधिमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटको सुविधासमेत प्रदान गरिनेछ।

    बिक्रीपछिको सेवालाई प्रभावकारी र सहज बनाउन आयाम इन्टरकन्टिनेन्टलले हिमालयन अर्गनाइजेशनको देशव्यापी सञ्जालको प्रयोग गर्नेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ