२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नाइमा मोबिलिटी एक्स्पो २०२६ : काठमाडौंमा विद्युतीय र हाइब्रिड सवारीको वर्चस्वसहित भव्य सुरुवात

images

  • २०८३ साउन २६, मंगलबार
  • 906
    SHARES
  • नाइमा मोबिलिटी एक्स्पो २०२६ : काठमाडौंमा विद्युतीय र हाइब्रिड सवारीको वर्चस्वसहित भव्य सुरुवात

    काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। नेपाली अटोमोबाइल बजारमा आएका नयाँ आयाम र फेरबदो प्रवृत्तिलाई यस एक्स्पोले प्रष्ट पारेको छ।

    एक्स्पोमा ५३ वटा प्रमुख ब्रान्ड, ५१ वटा स्टल र ४० भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिएको छ। यसपटकको प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकलदेखि लिएर अत्याधुनिक मोबिलिटी प्रविधिहरू समेत राखिएका छन्। विशेष गरी चारपांग्रे बजारमा विद्युतीय सवारी (ईभी) को उच्च उपस्थितिले एक्स्पोलाई पूर्ण रूपमा ईभीमय बनाएको छ। सार्वजनिक भएका ४० भन्दा बढी नयाँ मोडलहरूमध्ये अधिकांश इलेक्ट्रिक कार, एसयूभी र ह्याचब्याक रहेका छन्।

    बजेटमैत्री ईभी खोज्नेहरूका लागि प्रोटोन ई.मास ५, आर्कफक्स टी–१ र विलिङ मिनी ईभी फोर–डोर जस्ता मोडलले विशेष ध्यान खिचेका छन्। प्रोटोन ई.मास ५ को प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार तोकिए पनि पहिलो १०० ग्राहकका लागि २९ लाख ९९ हजार निर्धारण गरिएको छ। त्यस्तै यसको प्रिमियम भेरियन्ट ३४ लाख ९९ हजार (पहिलो १०० ग्राहकका लागि) मा उपलब्ध छ।

    प्रिमियम तथा लक्जरी सेग्मेन्टतर्फ हुन्डाईको आयोनिक ९ र विलिङको सात सिते एक्सियन ईभी (५३० किलोमिटरसम्मको रेन्ज दाबी गरिएको) ले विकल्प फराकिलो बनाएका छन्। यसका साथै, लक्ष्मी मोटर हबले भित्र्याएको बीएआईसी बीजे–३० ई हाइब्रिड अफरोड एसयूभी १ करोड १९ लाख ९६ हजार मूल्यमा सार्वजनिक भएको छ, जसले नेपालमा हाइब्रिड प्रविधि अझै जीवन्त रहेको देखाउँछ।

    नेपाली उपभोक्तामा एसयूभीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसपटक धेरै ब्रान्डले एसयूभी मोडलहरू भित्र्याएका छन्। लिपमोटर बी ०३, बीएआईसी बीजे–३० ई, चाङआन नेभो क्यू ०५, चेरि क्यू र ओमोडा ओ ४ जस्ता नयाँ एसयूभीहरू प्रदर्शनीका मुख्य आकर्षण बनेका छन्।

    यद्यपि, बजारमा पूर्ण रूपमा पेट्रोल–डिजेल गाडीको युग समाप्त भइनसकेको आयोजकहरूको भनाइ छ। टोयोटाले यसै अवसरमा दुई नयाँ मोडल सार्वजनिक गर्नुका साथै ३ लाख देखि २१ लाख रुपैयाँसम्मको छुट घोषणा गरेर परम्परागत तथा हाइब्रिड गाडीका क्रेताहरूलाई पनि समेटेको छ।

    कार मात्र नभई मोटरसाइकल र स्कुटरको बजारमा पनि ईभीको हिस्सा तीव्र रूपमा बढ्दै गएको छ। बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्डजस्ता परम्परागत इन्धनका नाम चलेका ब्रान्डसँगै एथर, याडिया, एनआईयू, अल्ट्राभायोलेट र सीएफमोटो जस्ता विद्युतीय ब्रान्डहरूले पनि प्रतिस्पर्धालाई कडा बनाएका छन्।


    एक्स्पोमा टाटा, बीवाईडी, एमजी, निसान, हुन्डाई, किया, जिकर लगायतका दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिताले नेपाली उपभोक्तासामु विकल्पहरूको विशाल सञ्जाल तयार भएको छ। बजारमा प्रतिस्पर्धा बढेसँगै अब उपभोक्ताको रोजाइ केवल मूल्यमा मात्र सीमित नभई निम्न कुराहरूमा केन्द्रित हुन थालेको छ:

    ब्याट्रीको आयु र वारेन्टी

    चार्जिङ पूर्वाधार र नेटवर्क

    स्पेयर पार्ट्सको सहज उपलब्धता र बिक्रीपछिको सेवा (After-sales service)

    सवारी साधनको रिसेल भ्यालु (पुनःबिक्री मूल्य) र प्रयोगपश्चातको ब्याट्री व्यवस्थापन (रिसाइक्लिङ)

    अटोमोबाइल क्षेत्रका विज्ञहरूका अनुसार ईभी आयातसँगै दिगो ब्याट्री व्यवस्थापनको दीर्घकालीन नीति बनाउनु अहिलेको मुख्य चुनौती र आवश्यकता दुवै हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ