२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईजीआई प्रुडेन्सियल र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच बीमा सेवा सम्झौता

images

  • २०८३ भदौ ४, बिहीबार
  • 321
    SHARES
  • आईजीआई प्रुडेन्सियल र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच बीमा सेवा सम्झौता

    काठमाडौँ : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघ बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रको हस्ताक्षर कार्यक्रम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी लगायत उच्च व्यवस्थापन समूह र नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रबिन लामिछानेसहित पूर्व अध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र संघसँग आवद्ध सदस्य तथा व्यवसायीहरूलाई सहज, गुणस्तरीय तथा भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता सम्पन्न भएको छ।

    नेपाल रिकन्डिसन अटो व्यवसायी संघसँग आवद्ध देश भरीका सदस्यहरुको सम्पत्ति, सवारी साधन लगायत संघ तथा सदस्य सम्बद्ध संस्थाहरुबाट बिक्री वितरण हुने सम्पूर्ण सवारी साधनको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको हो।

    साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल रिकन्डिसन अटो व्यवसायी संघले आफू र आफ्ना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग बीमालेख खरिद गरी सबै प्रकारका निर्जीवन बीमा सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।


    सोही अवसरमा अध्यक्ष प्रबिन लामिछानेले संघसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा क्रमश: वृद्धि हुँदै गएको, कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने बताउँदै बीमा सेवाको लागि कम्पनीसँग आवद्ध हुन पाएकोमा खुशी व्यक्त गरे।

    साथै कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुबाट सेवाको आदान प्रदान र निरन्तर रहि रहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।

    May be an image of text


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ