२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नाडा अटो शो २०२६ मा नयाँ 'नामी बक्स' सार्वजनिक हुँदै

images

  • २०८३ भदौ ८, सोमबार
  • 266
    SHARES
  • नाडा अटो शो २०२६ मा नयाँ 'नामी बक्स' सार्वजनिक हुँदै

    काठमाडौँ : नेपाली इभी बजारमा छोटो समयमै बलियो पहिचान बनाउन सफल 'नामी' ब्रान्डले आफ्नो नयाँ संस्करण बजारमा ल्याउने भएको छ। कम्पनीका अनुसार आगामी नाडा अटो शो २०२६ को अवसर पारेर नयाँ 'नामी बक्स' (Nammi Box) औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

    सन् २०२४ मा पहिलो पछिल्लो पटक नेपाली बजारमा भित्रिएको नामी बक्सले आफ्नो आकर्षक लुक, भेराइटी रङ, उत्कृष्ट रेन्ज र फराकिलो इन्टेरियरका कारण गाडी पारखीहरूको ध्यान खिचेको थियो। विशेष गरी सहरी सडक र दैनिक प्रयोगका लागि यो विद्युतीय कार धेरैको रोजाइमा पर्दै आएको छ।

    नेपालमा नामीको उपस्थिति:

    • सडकमा गुडिरहेका गाडी : २,००० भन्दा बढी युनिट

    • भर्खरै आएको मोडल : नामी भिगो (Nammi Vigo) इ-२ को सफल सुरुवात

    • नयाँ योजना : परिष्कृत फिचर्ससहित नयाँ नामी बक्सको आगमन

    नामी भिगो इ-२ को सफलतापछि आउन लागेको यो नयाँ संस्करण अझ आधुनिक प्रविधि र थप सुविधासहित उपलब्ध हुने अपेक्षा गरिएको छ। गाडीको पूर्ण स्पेसिफिकेसन, नयाँ फिचर्स र आधिकारिक मूल्य भने नाडा अटो शो २०२६ कै मञ्चबाट सार्वजनिक गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ