२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आजदेखि १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन

images

  • २०८३ भदौ ९, मंगलबार
  • 281
    SHARES
  • आजदेखि १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन

    काठमाडौँ : नेपालको सबैभन्दा ठूलो र बहुप्रतीक्षित अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आज (मंगलबार) देखि काठमाडौँको भृकुटीमण्डपमा भव्य रूपमा सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ५०औँ वर्षगाँठ अर्थात् स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिएको यस विशेष प्रदर्शनीको औपचारिक उद्घाटन आज बिहान ९ बजे नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुख्य अतिथिका रूपमा गर्ने कार्यक्रम रहेको छ।

    करिब ३ लाख वर्गफिटको विशाल क्षेत्रफलमा फैलिएको यस पटकको नाडा अटो शोमा कुल २ सयभन्दा बढी भव्य स्टलहरू रहेका छन्। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यस वर्षको मेलामा कुल ५३ वटा प्रमुख सवारी ब्रान्डहरूले आफ्ना उत्पादन प्रदर्शन गर्दैछन्, जसमध्ये २३ वटा यात्रुवाहक, १७ वटा हल्का व्यावसायिक र १३ वटा दुईपांग्रे सवारीसाधन ब्रान्डहरू समावेश छन्।

    यस प्रदर्शनीमा नवीनतम अटोमोबाइल प्रविधि, विद्युतीय सवारीसाधन (EVs), अटो पाट्र्स, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, एसेसरिज र ग्यारेज उपकरणहरू मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएका छन्। करिब ७० वटा स्टलहरू भने अटो पाट्र्स तथा अन्य उपकरणका लागि छुट्याइएको छ, जहाँ ग्राहकहरूले आफ्ना सवारीका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा अवलोकन र खरिद गर्न सक्नेछन्।

    मेलालाई थप प्रभावकारी र ग्राहककेन्द्री बनाउन अटोमोबाइल कम्पनीहरूसँगै बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत बाक्लो सहभागिता रहेको छ। नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूका लागि सहज किस्ताबन्दी र बीमा सुविधासम्बन्धी सेवाहरू स्थलगत रूपमै उपलब्ध हुने भएकाले यस संस्करणको नाडा अटो शोले नेपालको अटोमोबाइल क्षेत्र र समग्र अर्थतन्त्रमा नयाँ उत्साह थप्ने आयोजकको विश्वास रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ