२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
मूल्य २ करोड २० लाखदेखि सुरु

नाडा अटो शोमा सार्वजनिक भयो प्रिमियम इभ एसयूभी ‘अवतार ०७’ के-के छ विशेषता, कति पर्छ मूल्य ?

images

  • २०८३ भदौ ९, मंगलबार
  • 446
    SHARES
  • नाडा अटो शोमा सार्वजनिक भयो प्रिमियम इभ एसयूभी  ‘अवतार ०७’ के-के छ विशेषता, कति पर्छ मूल्य ?

    नेपालमा अवतार ०७ को सुरुवाती खुद्रा मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरिएको छ भने एफएचडी (FHD) संस्करणको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ।

    काठमाडौँ :  सीजी एमएडब्लु इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन नेपाली बजारमा नयाँ अवतार ०७ (Avatar ०७) औपचारिक रूपमा सार्वजनिक गरेको छ। "स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी" को अवधारणामा तयार पारिएको यो प्रिमियम इन्टेलिजेन्ट विद्युतीय एसयूभीलाई कम्पनीका प्रतिनिधिहरूले संयुक्त रूपमा अनावरण गरेका हुन्।

    नेपालमा अवतार ०७ को सुरुवाती खुद्रा मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरिएको छ भने एफएचडी (FHD) संस्करणको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ।

    मुख्य विशेषताहरू : 

    ब्याट्री तथा कार्यक्षमता : यसमा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री राखिएको छ, जसले एनईडीसी (NEDC) मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ५७५ किलोमिटरसम्मको रेन्ज दिन्छ। रियर-ह्विल-ड्राइभ (RWD) पावरट्रेनले १ सय ९० किलोवाट पावर र ३ सय ६५ एनएम टर्क उत्पन्न गर्छ। यो गाडी ७.७ सेकेन्डमै ० देखि सय किमी/घण्टाको गति लिन सक्षम छ।

    क्याबिन र प्रविधि : क्याबिनमा ३५.४ इन्चको ४-के (4K) पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रङको एम्बियन्ट लाइटिङ र १६ वटा स्पिकरसहितको पायोनियर अडियो सिस्टम उपलब्ध छ।

    सवारीमा जिरो-ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन, हिटिङ, मसाज सुविधा, ५० वाटको वायरलेस चार्जरका साथै वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट रहेको छ। साथै, ९ वटा एयरब्यागका साथै लाइडार (LiDAR), हाई-डेफिनिसन क्यामेरा र अल्ट्रासोनिक-वेभ राडारमा आधारित इन्टेलिजेन्ट ड्राइभर-असिस्टेन्स प्रणाली समावेश छ।

    अवलोकनकर्ताहरूले नाडा अटो शो अवधिभर अवतार पेभिलियनमा पुगेर यस नयाँ विद्युतीय एसयूभी प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ