२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापनमा ४ करोड ५४ लाख खर्च गर्ने

images

  • २०८३ भदौ १३, शनिबार
  • 306
    SHARES
  • काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापनमा ४ करोड ५४ लाख खर्च गर्ने

    काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि काठमाडौँ महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ सहयोग गर्ने भएको छ। बाढीग्रस्त क्षेत्रमा मानवीय सहायता तथा पुनर्स्थापनाका कामलाई तीव्र बनाउन महानगरको ५७ औँ कार्यपालिका बैठकले उक्त रकम दिने निर्णय गरेको हो।

    महानगरले विपद् व्यवस्थापन कोषबाट सोझै ३ करोड रुपैयाँ उपलब्ध गराउनेछ। बाँकी १ करोड ५४ लाखभन्दा बढी रकम भने महानगरका जनप्रतिनिधि, पदाधिकारी र कर्मचारीहरूको पारिश्रमिक तथा सेवा-सुविधाबाट कट्टा गरी जम्मा गरिनेछ। जसअन्तर्गत कार्यपालिका सदस्यहरूको १ महिनाको सुविधा, वडा सदस्यहरूको ५ दिनको सुविधा, अधिकृत स्तरका कर्मचारी तथा विज्ञहरूको ७ दिनको पारिश्रमिक, सहायक स्तरका कर्मचारीको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिनको तलब सहयोग कोषमा जम्मा हुनेछ।

    उक्त रकमबाट प्रभावितहरूलाई खाद्यान्न, त्रिपाल, कम्बल, पकाउने ग्यास, इन्डक्सन, लत्ताकपडा र खानेपानी जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराइनेछ। साथै, उद्धार र सफाइका लागि एम्बुलेन्स, एक्साभेटर, जेट मेसिन, शववाहन तथा जनशक्ति परिचालनको जिम्मेवारी विपद् व्यवस्थापन समितिलाई दिइएको छ।

    बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्धार गर्नु भनेको मानिसलाई सुरक्षित ठाउँमा पुर्‍याउनु मात्र नभई उनीहरूको जीवन सामान्य बनाउनु पनि भएको बताइन्। उनले भनिन्, "काठमाडौँमा अध्ययनरत त्यस क्षेत्रका विद्यार्थी र अस्पतालमा रहेका बिरामीहरूका लागि पनि महानगरले विशेष सहयोग पुर्‍याउनेछ।" प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले बाढी आएको दिन (भदौ १०) देखि नै महानगरले गरिरहेका उद्धार तथा राहत कार्यका बारेमा बैठकमा जानकारी गराएका थिए।

    यस्तै, महानगरले सर्वसाधारण, उद्योगी तथा व्यवसायीहरूलाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ। राहत र सहजीकरणका लागि राष्ट्रिय सभागृहमा सहायता कक्ष तथा सूचना केन्द्र स्थापना गरिनेछ, जहाँबाट प्रभावित महानगरवासीहरूको विवरण संकलन गरी तत्काल उद्धार र सहायता पुर्‍याइनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ