२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१८ औँ नाडा अटो शो २०२६ भव्य रूपमा सम्पन्न : ईभी र स्वदेशी उत्पादनमा देखियो मुख्य आकर्षण

images

  • २०८३ भदौ १५, सोमबार
  • 721
    SHARES
  • १८ औँ नाडा अटो शो २०२६ भव्य रूपमा सम्पन्न : ईभी र स्वदेशी उत्पादनमा देखियो मुख्य आकर्षण

    काठमाडौँ : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित '१८ औँ नाडा अटो शो २०२६' काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा भव्य रूपमा सम्पन्न भएको छ। नाडाको स्थापनाको ५० वर्ष पुगेको अवसरमा यस वर्षको प्रदर्शनीलाई 'स्वर्ण जयन्ती (गोल्डन जुब्ली) संस्करण'का रूपमा आयोजना गरिएको थियो।

    ६ दिनसम्म (भदौ ९ देखि १४ गते/अगस्ट २५ देखि ३०, २०२६) चलेको यस मेलामा सर्वसाधारण, गाडी पारखी, उद्यमी तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रह्यो। १८ औँ नाडा अटो शो २०२६ मा १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ताहरूले सहभागिता जनाएका छन्।

    मुख्य विशेषता :

    मेलामा ५० भन्दा बढी सवारी ब्रान्डहरू (यात्रुवाहक गाडी, व्यावसायिक सवारी साधन र दुईपाङ्ग्रे) सहभागी थिए। डेढ दर्जनभन्दा बढी नयाँ मोडलका गाडी तथा बाइकहरू पहिलोपटक सार्वजनिक तथा प्रदर्शनीमा राखिएका थिए।

    प्रदर्शनीमा विद्युतीय गाडीहरू (EV) को मुख्य आकर्षण रहेको थियो। अधिकांश अटो कम्पनीहरूले नयाँ ईभी मोडल, ब्याट्री प्रविधि र चार्जिङ इन्फ्रास्ट्रक्चरमा जोड दिएका थिए।

    स्वदेशमै एसेम्बल तथा उत्पादन भएका सवारीसाधन, पार्टपुर्जा, ब्याट्री तथा लुब्रिकेन्ट्सलाई प्रोत्साहन गर्न विशेष 'मेड इन नेपाल' क्षेत्र तोकिएको थियो, जहाँ नेपाली उत्पादनहरूले दर्शकको ध्यान खिचे।

    गाडीका अलावा टायर, अटो पार्टपुर्जा, ग्यारेज उपकरण, इन्स्योरेन्स तथा १० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूका गरी कुल २०० भन्दा बढी स्टलहरू रहेका थिए।


    नेपाली अटोमोबाइल क्षेत्र सुस्ततातर्फ उन्मुख भइरहेको समयमा सम्पन्न भएको यस अटो शोले बजारमा नयाँ उत्साह थपेको अटो व्यवसायीहरूले बताएका छन्। वित्तीय सुलभता, सरल कर्जा सुविधा तथा चाडपर्व नजिकिँदै गर्दा आयोजना गरिएको यस शोले आगामी दिनमा सवारीसाधनको बिक्री बढाउन र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ