२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विमानस्थलबाट २ किलो कोकिनसहित एक भारतीय महिला पक्राउ

images

  • २०८० मंसिर ५, मंगलबार
  • 426
    SHARES
  • विमानस्थलबाट २ किलो  कोकिनसहित एक भारतीय महिला पक्राउ

    मङ्सिर ५, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षकी भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीले जानकारी दिनुभयो।

    पक्राउ परेकी महिलाकाे साथबाट लागु औषध नियन्त्रण ब्युरोको टोलीले १ किलो ९ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका प्रहरीले जानकारी दिनुभयो।

    पक्राउ परेकी महिला इथियोपियाबाट कतारको दोहा हुँदै काठमाण्डाै विमानस्थलमा ओर्लिएकी र काठमाण्डौबाट भुटान जान लागेको अवस्थामा लागु औषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचना अनुसार पक्राउ गरिएको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ