२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भ्रष्टाचारको अभियोगमा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर

images

  • २०८० मंसिर ७, बिहीबार
  • 836
    SHARES
  • भ्रष्टाचारको अभियोगमा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर

    मङ्सिर ७, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

    चितवन राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यु टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आज आयोगले मुद्दा दायर गरेको हो।

    आयोगले खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सवइञ्जिनियर सुमन श्रेष्ठविरुद्ध ३१ लख ५९ हजार ७ सय ३५ बराबरको बिगो दाबी गरेको छ। यस्तै, तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।

    वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हीराबहादुर गुरुङविरुद्ध १ करोड १९ लाख ५ हजार ६ सय ३, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समर बहादुर घर्तीविरुद्ध ८९ लाख २ हजार ६ सय ६५ बराबरको बिगो दाबी गरिएको छ।

    कुमरोज मध्यवर्ती सामुदायिक वन उपभौक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध १३ लाख ३१ हजार २ सय १७ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ