२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

images

  • २०८० मंसिर ११, सोमबार
  • 696
    SHARES
  • सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

    मङ्सिर ११, पोखरा : पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ।

    ‘इम्बोस्ड नम्बर  प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो। उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णय अनुसार नयाँ दर्ता हुने सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गर्नुभयो।

    “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भन्नुभयो, “अबदेखि नयाँ सवारी साधनमा अनिवार्य गरिएको छ, पुराना सवारी साधनमा पनि नियमित रूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ।”

    कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ। “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारी साधन दर्तापश्चात अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ। प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारी साधन तथा सवारी धनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ