२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चितवनबाट गैँडाको खागसहित ८ जना पक्राउ

images

  • २०८० मंसिर १४, बिहीबार
  • 911
    SHARES
  • चितवनबाट गैँडाको खागसहित ८ जना पक्राउ

    मङ्सिर १४, चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट २ वटा गैँडाको खागसहित ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिँदै छ। गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ। गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ।

    निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो। अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो।

    मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट ६ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट २ जना पक्राउ परेका जनाइएको छ। पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन्। निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट २ किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ