२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आन्तरिक उडानमा अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

images

  • २०८० मंसिर १७, आइतबार
  • 726
    SHARES
  • आन्तरिक उडानमा अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

    मङ्सिर १७, काठमाडौं : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ। निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका २ यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

    “अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो २ जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ”, निगमले भनेको छ।

    उक्त सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नु पर्ने निगमको भनाइ छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ