२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टोखाबाट जुवातास खेलिरहेका १४ जना पक्राउ

images

  • २०८० मंसिर १९, मंगलबार
  • 851
    SHARES
  • टोखाबाट जुवातास खेलिरहेका १४ जना पक्राउ

    मङ्सिर १९, काठमाडौं : टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका -१२  घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार ५ सय ९५ र ३ बुक ताससहित पक्राउ गरेको हो। 

    काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ चक्रपथ बस्ने काभ्रेपलाञ्चोक घर भएका ६० वर्षीय ओमकृष्ण श्रेष्ठ समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

    प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ४८ हजार ५ सय ६० र तीन बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ