२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

images

  • २०८० मंसिर २०, बुधबार
  • 626
    SHARES
  • स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

    धुलिखेल : काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ। ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो।

    इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन २ सय ३५ दशमलव ९ ग्राम,  १ हजार ९ सय १ दशमलव २६ ग्राम चाँदी, नेरु ५ लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो। निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, २ थान मोबाइल फोन सेट पनि बरामद भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ