२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रसुवा नाकाबाट भित्रिएको २ किलो सुनसहित ३ जना पक्राउ

images

  • २०८० मंसिर २२, शुक्रबार
  • 861
    SHARES
  • रसुवा नाकाबाट भित्रिएको २ किलो सुनसहित ३ जना पक्राउ

    काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो। 

    रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन प्रहरी टोलीले नागढुङ्गाबाट बरामद गरी ३ जनालाई पक्राउ गरिएको हो।

    सुन रसुवा नाकाबाट भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनु भयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ